अत्तरियामा २५ लाखको लगानीमा ‘नमस्ते इन्डोर ब्याड्मिन्टन कोर्ट’ सञ्चालनमा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा २५ लाखको लगानीमा निर्माण भएको ‘ नमस्ते इन्डोर ब्याड्मिन्टन कोर्ट’भोलीदेखी सञ्चालनमा आउने भएको छ । अत्तरियामै रहेको नमस्ते होटलका सञ्चालक लक्ष्मण धामीले इन्डोर ब्याड्मिन्टन कोर्ट सञ्चालनमा ल्याएका हुन् । कोर्टबारे जानकारी दिन आइतबार आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै धामीले आफुले अत्तरिया क्षेत्रमा इन्डोर ब्याड्मिन्टन कोर्टको आवश्यकता महसुुस गरी सञ्चालनमा ल्याएको बताए ।

“कोर्टमा पानी पर्दा,हावाहुरी आँउदा वा जाडो र गर्मी सबै मौसममा ब्याटमिन्टन खेल्न सकिनेछ उनले भने मैले स्वास्थ्य नै धन हो ,खेल खेलौ,स्वस्थ बनौँ भन्ने उदेश्यले यो कार्ट सञ्चालनमा ल्याएको हुँ ।” राष्ट्रिय स्तरमा बनेका कार्टहरुकै मापदण्ड अनुसार कोर्ट निर्माण गरीएको उनले बताए । कोर्टमा ब्याड्मिन्टन खेल्नकालागी के कति शुल्क लाग्ने भन्नेबारे निर्णय नलिएको उनले बताए । व्यत्तिले समेत खेल क्षेत्रमा लगानी गररिहेको भन्दै उनले तिन तहका सरकारले पनी यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

nisarga

पत्रकार सम्मेलनमा बोल्दै गोदावरी नगरपालीका वडा नम्बर २ का वडा सदस्य देवराज भट्टले पछील्लो समय ब्याड्मिन्टन प्रतिको आकर्षण बढ्दै गएको बताए । ब्याड्मिन्टन सबै उमेर समुहका व्यत्तिले खेल्न मिल्ने र सहज खेल भएको भन्दै उनले इन्डोर खेलीने खेल भएपनी आजसम्म इन्डोर कोर्ट नभएकाले समस्या रहेकोमा त्यो अभाव अब पुरा भएको बताए । कोर्टलाई विद्यालय वा अन्य संघ सँस्थाले पनी प्रयोगमा ल्याउन सक्ने र ब्याड्मिन्टन खेल्न सिकाउने व्यवस्था पनी गरीने बताईएको छ ।