साइकलयात्री शाहको अभिनयमा रहेको गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक

Image
maya metro

कञ्चनपुर – साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) को अभिनयमा मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ। शाह (फारवेस्टर्न राइडर) को अभिनयमा रहेको उक्त गीत बुधबार कास्पर प्रोडक्सन नामक युट्युब च्यानल बाट सार्वजिक गरिएको छ। उक्त गीतको भिडियोमा भरत विक्रम शाह सहित सुनिता चौधरी र आँचल चौधरीले अभिनय गरेका छन्।उक्त गीतमा आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको छ ।

गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका छन् भने गीतको भिडियो छायांकन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्। गीतले जीवनमा जतिसुकै अप्ठ्यारा परिस्थिति आएपनि आत्महत्या समस्याको समाधान नभएको तथा जस्तो सुकै अप्ठ्यारो परिस्थिति भए पनि हार मान्नु हुँदैन भन्ने सन्देश दिन खोजेको शाहले बताएका छन् ।

nisarga