सुदूरपश्चिम ब्युटीपार्लर एसोसियन अत्तरिया शाखाले तिज विशेष कार्यक्रमको आयोजना गर्ने

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम ब्युटीपार्लर एसोसियनले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सुदूरपश्चिम ब्युटीपार्लर एसोसियन अत्तरिया शाखाले भदौ १५ गते अत्तरिया स्थीत नमस्ते पाटी प्यालेसमा तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।

nisarga

हिन्दु नारीहरुको महान पर्व तथा मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज विशेष कार्यक्रमको आयोजना गरीने गरिने सुदूरपश्चिम ब्युटीपार्लर एसोसियनकी अध्यक्ष दिपीका कुवर हमालले बताईन् ।

शनीबार अत्तरियाको मेरिगोल्ड ब्युटीपार्लरमा बसेको एसोसियनको बैठकले उत्त निर्णय गरेको हो । अत्तरियामा सुदूरपश्चिम ब्युटीपार्लर एसोसियनको शाखा कार्यालयको स्थापना गत जेठमा मात्रै गरीएको हो ।