बाजुराको त्रिवेणीमा बेवारिसे शिशु फेला

Image
maya metro

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका– ४ तोलीमा सोमबार बिहान एक बेवारिसे शिशु फेला परेको छ । गाउँनजिकै झाडीमा फेला परेको उक्त शिशुको त्रिवेणी नगरपालिकाले उद्धार गरेको छ।

नगरप्रमुख कर्णबहादुर थापा र उपप्रमुख कमला जैसी न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष गणेश साउदलगायतको टोलीले शिशुको उद्धार गरेर उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख थापाले बताए।

nisarga

भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ। उनी बालक हुन्। बेवारिसे शिशु कसले फालेको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुल्न सकेको छैन।