
अत्तरिया – बाजुरामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको तीर्थयात्रा सहज गर्न विभिन्न ठाँउहरुमा ब्यानर लगाईएको छ । बाजुराको त्रिवेणी नगरपालीकाले कैलालीको धनगढीदेखी बाजुरा स्थीत बडिमालिकाको प्रवेशद्धारसम्म विभिन्न ठाँउहरुमा ब्यानर लगाएको हो ।
ब्यानरमा भत्तजनहरुलाई स्वागत गर्दै प्रवेशद्धारहरु उल्लेख गरीएको छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । बडीमालिकामा भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ भने जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ ।

यस वर्ष भदौ १३ गते पुजा हुने भएको छ । बाजुराको बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने बडिमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ। प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् ।














