स्याउलेमा ११ गते देखी गौरापर्व विशेष मेला सुरु हुने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा पर्सी भदौ(११) गते देखी गौरापर्व विशेष मेला सुरु हुने भएको छ ।

स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा पर्सी भदौ(११) गते देखी १५ गतेसम्म मेला लाग्ने भएको हो ।

nisarga

गौरापर्व समितिको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला लाग्ने भएको हो । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहने जनाईएको छ ।

मेलामा फरक फरक दिन दार्चुलाकी गंगा धामी,बझाङका बाल्केश थापा,कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागीता रहने समितिले जनाएको छ ।