बाजुरामा एकल महिलामाथी बलात्कारपछी कुटपिट

Image
maya metro

बाजुरा – बाजुरामा एक एकल महिला आफन्तबाटै बलात्कृत भएकी छन् । जगन्नाथ गाउँपालिकाकी उनलाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो।

बलात्कारपछि आरोपितका घरका सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको दाबी छ। उनले आफूलाई मरसान्न हुनेगरि पिटिएकाले ३ दिनपछि मात्रै होस आएको बताइन्। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन्।

nisarga

उक्त विषयमा उजुरी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। कार्यालयका निमित्त प्र्मुख दानसिंह भन्डारीका अनुसार आरोपितको खोजी कार्य जारी छ।