बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

बाजुरा – बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

nisarga

एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकोले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको बताए।