अछाममा प्रहरीद्वारा गाँजा फडानी

Image
maya metro

अछाम – अछाममा प्रहरीले गाँजा फडानी गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारले सोमबार कमलबजार नगरपालिका-२ पुरानापानी क्षेत्रका खेतबारीमा रहेको अन्दाजी २५० भन्दा बढी गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको हो ।

nisarga

ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार गाँजा फडानी गरी नष्ट गरेको हो ।

टोलीले स्थानीय बासिन्दालाई लागूऔषधको सेवनले पार्ने असरबारे सचेतना पनि दिईएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय मातहत प्रहरी चौकी ढकारी र तुर्माखादले समेत आ-आफ्नो वडा तथा एरियामा स्थानीय बासिन्दा जम्मा गरी लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गरेका छन् ।

लागुऔषध विरुद्धको महाअभियान २०८० अन्तर्गत गाँजा फडानी गरिएको कमलबजार प्रहरीले जनाएको छ ।