भारतबाट ल्याइएका मुर्रा राँगा नेपाललाई हस्तान्तरण

Image
maya metro

नेपालगन्ज – भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानका वरिष्ठ पशु चिकित्सक डा. राजेश कुमारले राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याललाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्ट अन्तर्गतको होल्डिङयाडमा विहीबार मुर्रा राँगा हस्तान्तरण गरेका हुन् ।

nisarga

बुधवार अपरान्ह ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा राँगा लोड गरेर पुगेका ट्रकलाई विभिन्न कागजपत्र नभएको भन्दै साढे चार घण्टासम्म रोकि राति अबेर मात्र नेपाल प्रवेश गर्न दिइएको थियो ।

भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रिय भैंस अनुसन्धान संस्थानबाट १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक ३० घण्टाको यात्रापछि यहाँस्थित जमुनाह नाका पुगेका थिए ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १५ वटा मुर्रा राँगा उपहारस्वरुप दिने घोषणा गरेका थिए ।