बाजुराकी पानसराले तेस्रो सन्तान पनि बाटोमै पाइन

Image
maya metro

बाजुरा – बाजुरामा एक महिलाले बाटोमै छोरीको जन्म दिएकी छन् ।

जिल्लाको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिइन् ।

nisarga

यो भन्दा पहिलाका दुइवटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकि थिईन् ।

सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले वताएकी छन् ।

उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले वताएका छन् ।