
अत्तरिया – सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रयोग भएका नक्कली टिकट प्रकरणमा प्रहरी हिरासतमा रहेका ६ जना नै धरौटीमा छुटेका छन । उनिहरु जनही ५० हजार धरौटीमा छुटेका हुन् ।
बुधबार भएको थुनछेक बहस पछि उनीहरुलाई सरकारी वकिलको कार्यालयले धरौटीमा छुटाउन आदेश दिएको हो ।

महोत्सव आयोजक संस्था अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, निवर्तमान अध्यक्ष अशोकराज देबकोटा ,संघका महासचिव शंकर खड्का , सचिब दिलिप कुमार साउँद, टिकट छपाईको जिम्मा लिएका कार्य समिति सदस्य बम बहादुर बोगटी र टिकट काट्ने जिम्मा पाए भुवन महरालाई प्रहरीले हिरासतमा लिएको थियो ।
पुष २७ गतेदेखी माघ ७ गतेसम्म अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेकि महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद भएको थियो । उत्त ठेली संघले प्रहरीलाई बुझाएको थियो ।






























