गायक रवि ओडविरुद्ध बलात्कारको मुद्दा, पक्राउ पुर्जी जारी

Image
maya metro

अत्तरिया – नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकै श्रीमतीले जाहेरी दिएकी हुन् ।

nisarga

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले ओडविरुद्ध चैत्र २० गते जाहेरी परेको र अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताएका छन् ।

ओडलाई पक्राउ गर्ने तयारी भईरहेको उनले बताएका छन् । ओड कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्।