गोदावरी नगर स्तरीय किड्स डान्स च्याम्पियनशिपको पहिलो चरण सम्पन्न

Image
maya metro

अत्तरिया – वान वे डान्स क्याम्पले कैलालीको अत्तरियामा आयोजना गर्न लागेको गोदावरी नगर स्तरीय किड्स डान्स च्याम्पियनशिपकोे पहिलो चरण शनीबार सम्पन्न भएको छ ।

अत्तरियाकै क्याबिनेट रिर्सोटमा आयोजना गरिएको च्याम्पियनशिपकोे पहिलो चरणमा २१६ जना विद्यार्थी सहभागि भएकोमा ७४ जना उत्तिण भएका छन् भने ८५ जनालाई वेटिङमा राखिएको आयोजक वान वे डान्स क्याम्पका सञ्चालक नरेश बिसीले बताएका छन् ।

nisarga

बाँकी सहभागि अनुत्तिण भएका छन् । च्याम्पियनशिपको दोस्रो चरण जेठ १९ गते शनीबार हुने आयोजकले जनाएको छ । असार १२ गतेसम्म सञ्चालन हुने च्याम्पियनशिपमा प्रथम हुनेले बीस हजार एक सय १५ रुपैँया नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले जानकारी दिए ।

त्यस्तै द्धितिय हुनेले दश हजार एक सय १५ रुपैँया पुरस्कार पाउनेछ भने तृतिय स्थान हाँसिल गर्नेले पाँच हजार एक सय १५ रुपैँया पुरस्कार पाउने आयोजक वान वए डान्स क्याम्पले बताएको छ ।

च्याम्पियनशिपको प्रमुख प्रायोजकमा लोटस आइ मावि रहेको छ भने प्रायोजकमा एभरेस्ट एकेडेमी रहेको छ । त्यसैगरी सह प्रायोजकमा साधना पथ एकेडेमी,किड्स जोन एकेडेमी,ज्ञान ज्योती मावि तेघरी,संघर्ष क्याफे र क्याबिनेट रिसोर्ट रहेका छन् ।

सत्यवती एकेडेमी,सुनगाभा मन्टेश्वरी,चौलानी ड्रेस कलेक्सन,माइकिज क्याफे,बिके कन्ट्रक्सन,तेडी चस्मा सेन्टर र जनकल्याण माविले ब्यानर प्रायोजन गरेका छन् ।