बैतडीको एक घरमा आगलागी

Image
फाइल फोटो
maya metro

बैतडी – बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका–४ का किसनसिंह ऐरीको घरमा आगलागी भएको हो।

मंगलबार साँझ साढे ६ बजेतिर घर बाहिर बालेको आगो सल्किँदा उनको दुई तले ६ कोठे घर र कच्ची भान्छामा आगलागी भएको हो।

nisarga

उक्त आगलागीबाट करिब ८० हजार बराबरको क्षति हुनुका साथै ऐरीले पालेको एक गाई समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।