
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्रले कृषक समूहलाई तरकारीको बिउ वितरण गरेको छ ।
गोदावरी नगरपालिकाका विभिन्न वडामा कृषि पेसा अगाल्दै आएका महिला तथा पुरुष कृषक समूहलाई तरकारिको बिउ वितरण गरिएको हो।

केन्द्रले ३६ जना समूहलाई प्रति समूह १ हजार १ सय ६० रुपैयाँका दरले बन्दागोपी, फुलगोपी, खुर्सानी, टमाटर, प्याज, धनियाँ, मुला लगायत बिउ वितरण गरेको हो ।
आ–आफ्नो समुदायमा अर्गानिक तरकारी उत्पादनको लागि आयआर्जन गर्ने समुहहरुलाई तरकारी बिउ बितरण गरेको अत्तरिया सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशीले बताए ।
सामुदायिक सिकाइ केन्द्रले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक विकास र विस्तारका साथै नवीनतम ज्ञान र सीपबाट सुसूचित गर्दै सशक्तीकरण गर्न समयको माग र समुदायको आवश्यकता अनुसार विभिन्न कार्यहरू गर्दै आईरहेको छ ।















