धनगढीमा हरेक शनिबार लाग्ने गरि शनिवारीय महिला उद्यम बजारको शुभारम्भ

Image
maya metro

अत्तरिया – धनगढी उपमहानगरपालिकाले आजदेखि हरेक शनिबार लाग्ने गरि शनिवारीय महिला उद्यम बजारको शुभारम्भ गरेको छ । धनगढी उपमहानगरपालिकाको पार्कचोकमा उक्त बजार शनिबार दिउँसो १ बजेदेखि ६ बजेसम्म लाग्ने जनाइएको छ ।

आजदेखी शुरु भएको शनिवारीय महिला उद्यम बजारमा ६० ओटा स्टलहरु रहेका छन् । जसमा ३५ खाद्य र बाकी २५ स्टल बस्तु व्यवसाय रहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

nisarga

मेला आयोजना गर्नुको उद्देश्य बारे धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगर भित्रका उद्यमी महिलाहरुको सीप र उत्पादित बस्तुको बजारीकरणका लागि आफुहरु माध्यम रहेको बताए ।

मेलामा उद्यमी महिलाहरु जिविकोपार्जनका थुप्रै बस्तुहरु पाइने हुँदा सीप भएर पनि घरमा बस्दैआएका महिलाहरुका लागि लाभदायक रहने मेयर हमालले बताए ।

उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाको प्रमुख आतिथ्यमा आजबाट शुरु भएको शनिवारीय महिला उद्यम बजारले उत्पादित बस्तुको बजारीकरणमा सहजता हुने उपमेयर रानाले बताइन् ।