अछाम अस्पतालमा जटिल शल्यक्रिया सुरु

Image
maya metro

अछाम – अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज आचार्यले जानकारी दिए।

यसअघि शल्यक्रियाका लागि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो। बाजुरा घर हुनुभएका ५० वर्षीय पुरुष एपेन्डिसाइटिसको शल्यक्रिया गर्दै यो सेवा सुरु भएको हो। चिकित्सकद्वय डा. कमलेशप्रसाद यादव, डा. अधिराज आचार्यको टिमले शल्यक्रिया गरेको हो।

nisarga

अस्पतालले एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु गरेको बताएको छ ।