साना किसान मालाखेतीको २८ औं साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

मंगलबार एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्ट रहेकी थिइन्।

nisarga

सम्पन्न सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष तेजराज अवस्थीले गरेका थिए भने लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक सुष्मा केसीले गरेकी थिइन्। यस्तै संस्थाको आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका प्रबन्धक गोरखबहादुर खत्रीले गरेका थिए।

संस्थाको वार्षिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा आइपुग्दा ६ हजार १५२ जना सेयर सदस्य रहेकोमा जसको कुल शेयर पूँजी ३ करोड १७ लाख १२ हजार ४ सय पुर्याउन सफल भएको छ।

यस्तै संस्थाको आर्थिक वर्ष ०८१ मसान्त सम्ममा ५२ करोड ४० लाख २७ हजार ८५५ सम्पति रहेको र ३ करोड ३७ लाख ५४ हजार बराबरको आम्दानी गरेकोमा १ करोड ३ लाख ३० हजार रकम बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

संस्थाको जगेडा कोषमा ४करोड ३३ लाख २२हजार रहेको छ। संस्थाले कर्जा तर्फ ४५ करोड ४० लाख १७ हजार २५९ लगानी गरेको छ भने निक्षेप तर्फ २१ करोड ५४ लाख ७४ हजार ७८३ बचत संकलन गरेको उल्लेख गरिएको छ। संस्थाले ३ वटा शाखा कार्यालयबाट सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।

सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पधाधिकारी लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।