अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ आज

Image
maya metro

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान कार्यक्रम हुनेछ।

nisarga

ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन्। औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ। सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् ।

ट्रम्पले शपथ ग्रहणकै दिन कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन्। अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी-मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ।