अछाममा मृत फेला परेकी किशोरीका परिवारसँग सुदूरपश्चिमका प्रहरी प्रमुख चन्दको भेट

Image
maya metro

अछाम – सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख गणेश चन्दले अछाममा मृत फेला परेकी किशोरीहरुका परिवारसँग भेटेका छन्।

अछामको ढकारी गाउँपालिका–१ को जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इश्वरा खड्का र १५ वर्षीया सरस्वती खड्काको परिवारसँग प्रहरी नायब महानिरीक्षक चन्दले भेटेका हुन।

nisarga

ढकारी गाउँपालिका–८ मा रहेको मृतकको घरमा पुगेर चन्दले परिवारका सदस्यहरुसँग भेटेका छन्। प्रदेश प्रहरी प्रखुम चन्दले सोकमा रहेका परिवारका सदस्यहरुलाई बिहिवार भेटेका हुन। चन्दले अनुसन्धानमा सहयोग गर्न र संयम रहन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख चन्दले घटनाको समयदेखि जिल्ला प्रहरी कार्यालय, अछाम, नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरोले अनुधन गरिरहेको बताएका छन। परिवारका सदस्यहरुलाई चन्दले घटनाको अनुसन्धान गर्न दक्ष जनशक्ति परिचालन गरिएको बताएका हुन।

घटनाको दोषीलाई कानुनी कारबाही गर्ने समेत उनले बताएका छन। प्रदेश प्रहरी प्रमुख चन्द अछाममा छन्। उनले अनुसन्धानमा रहेका प्रहरी कर्मचारीहरुलाई सूक्ष्म तरिकाले अनुसन्धानका लागि निर्देशन समेत दिएका छन्।

जिल्ल प्रहरी कार्यालय, अछामले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको विरुद्धमा मुद्दा दर्ता गरिएको छ। अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ।