बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका-६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nisarga

घर नजिकै रहेको जङ्गलमा बुधवार बाख्रा चराउने क्रममा जोशी भिरबाट अन्दाजी ७०० मिटर तल खसेर घाईते भएपछि उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।