भाइको गोली हानेर हत्या गर्ने बैतडीका कर्णबहादुर भारतबाट पक्राउ

Image
maya metro

बैतडी – भाइको गोली हानेर हत्या गर्ने बैतडीका कर्णबहादुर बिष्ट भारतबाट पक्राउ परेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाइ भारतबाट पक्राउ गरिएको छ।

nisarga

गएको शनिवार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी समेत खटिएका थिए।

कर्णबहादुर बिष्टलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

पक्राउ परेका बिष्टलाई नेपालतर्फ ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।