धनगढीमा देउवाको स्वागतमा लगाइएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए,७ जना नियन्त्रणमा

Image
maya metro

धनगढी – धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन्।

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका हुन्।

nisarga

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सोही ठाउँमा सडकको डिभाइडरमा लगाइएका झन्डा हटाएका थिए।

उनीहरूले झन्डा हटाएपछि नेविसंघका विद्यार्थीले विरोध गरेपछि केही बेर सडक अवरुद्ध समेत भएको थियो। काँग्रेस सभापति देउवा भोलि सुदूरपश्चिम आउँदैछन। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न आउन लागेका देउवाको स्वागतमा झण्डा लगाइएका थिए।

झन्डा हटाउने ७ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधेयकको आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये केहीले आवेगमा आएर झण्डा हटाउने , कुल्चने, च्यात्ने जस्ता गतिविधिका कारण आन्दोलनरत विद्यार्थीले थप चुनौती भोग्नु परेको छ।

आफुहरुले सजाएका झण्डाहरु हटाएर अपाच्य गतिविधि गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताले विद्यार्थीमाथि हातपात समेत गरेका थिए। आन्दोलन गर्नुस् कुनै आपत्ति छैन तर सम्पुर्ण नेपाली कांग्रेस प्रतिको अपमान गरेको भन्दै तरुण दलका पदाधिकारी उग्ररुप लिएर आन्दोलनरत विद्यार्थीहरूलाई तितरवितर पारेका थिए ।

आफुहरुले लगाएका झण्डा जस्ताको तेस्तै पार्न भनि आन्दोलनरत विद्यार्थीहरूलाई धम्किपूर्ण निर्देशन तरुण दलका कार्यकर्ताले दिएका थिए। बिना अनुमती अपाच्य गतिविधि गरेको भन्दै ७ जना विद्यार्थी नियन्त्रणमा लिएको कैलाली जिल्लाका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। यसबारे थप अनुसन्धान भैरहेको छ, कुनै ठोस निर्णय समेत नभएको प्रहरी निरीक्षक खड्काले बताए।