इजरायली आक्रमणपछि गाजाको एक मात्र अस्पताल पनि नष्ट

Image
maya metro

तेल अभिभ – इजरायलले गाजामा बाँकी रहेको एकमात्र क्यान्सर अस्पताल पनि हवाई आक्रमण गरी नष्ट गरेको छ।

आक्रमणमा अस्पताल नजिकै रहेको मेडिकल स्कूल पनि नष्ट भएको छ। उक्त आक्रमणको खाडी देश र यूरोपीय देशले निन्दा गरेका छन्।

nisarga

अन्ताराष्ट्रीय कानूनविपरीत स्वास्थ्य संस्थामा आक्रमण गरिएको ती देशको भनाइ छ। इजरायलले भने ती क्षेत्र हमासको कमान्ड सेन्टर र हतियार गोदामका रहेको दावी गरेको छ।

गाजाको डेर अल-बलाबाट रिपोर्टिङ गरिरहेका अल जजीराका पत्रकार तारिक अबू अज्जूमले उक्त आक्रमणपछि त्यहाँ वरपरका रहेका क्यान्सरका हजारौँ विरामी अलपत्र परेका छन्।

यसअघि सन् २०१७ मा पनि इजरायलले उक्त अस्पताल नष्ट गरेको थियो। त्यतिखेर पनि हमासले प्रयोग गरेको भन्दै इजरायलले आक्रमण गरेको थियो। त्यसको पुष्टि भने इजरायलले गर्न सकेन। पछि तुर्कियेले उक्त अस्पताल पुनर्निर्माण गरिदिएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयले पनि इजरायलको ‘व्यवहार’ अमानवीय भएको बताएको छ।