विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

Image
maya metro

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारलाई अल्काट्राज जेल पुनः खोल्न र विस्तार गर्न निर्देशन दिएका छन्। ट्रम्पले लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त रहेको भन्दै उक्त जेल पुनः खोल्न निर्देशन दिएको बताएका हुन्।

उनले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूको लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताए। उनले भने,‘अल्काट्राजको पुनः उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’

nisarga

अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ। यसलाई १९६३ मा बन्द गरिएको थियो।

अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ।