गोदावरी- १० ले ल्यायो ९३ लाख ३० हजारको बजेट

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ले बजेट सार्वजनिक गरेको छ ।

आइतबार  वडा कार्यालय परिसरमा आयोजित नवौं वडा भेलामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वडाले ९३ लाख ३० हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

nisarga

वडाको नवौं वडा भेलामा वडा सदस्य शेरबहादुर तामाङले बजेट सार्वजनिक गरेका हुन् ।

वडाले भौतिक पूर्वाधारतर्फ ४३ लाख ८५ हजार ३०३ रुपीँया, सामाजिक विकासतर्फ २७ लाख ७५ हजार, आर्थिक विकासतर्फ १३ लाख ९५ हजार र विपद व्यवस्थापनतर्फ १ लाख ७५ हजार, कार्यालय संचालनतर्फ ६ लाख बजेट सार्वजनिक गरेको हो ।

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा चलिरहेको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको छ ।