गोदावरीको एक विद्यालयमा कार्यरत शिक्षकको सर्पको टोकाईबाट मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीको एक विद्यालयमा कार्यरत शिक्षकको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

गोदावरी- ८ स्थित शारदा मावि श्रीपुरमा कार्यरत शिक्षक पार्वती अवस्थीको बिहिबार बेलुकी सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

nisarga

धनगढी- ३ निवासी अवस्थीको निधनको शोकमा शुक्रबार शैक्षिक संस्थाहरुमा बिदा गरिदिन शिक्षकको हकहितमा काम गर्दै आएका विभिन्न संगठनहरुले आग्रह गरेका छन् ।