बाजुरामा जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन जना पुग्यो

Image
maya metro

बाजुरा – बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ मा जीप दुर्घटना हँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ क्युडीका ३५ वर्षकी जुनेली रोकाया, ७० वर्षका बिजौरा रोकाया र ६५ वर्षका बाँचा रोकाया रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

nisarga

क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ गुडिरहेको जीप टुनीगडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । उनीहरूमध्ये १३ जनाको अवस्था गम्भीर छ । जीपमा २६ जना रहेका थिए ।

क्षमताभन्दा धेरै यात्रु रहेको र कच्ची सडकमा जीप अनियन्त्रित भएको आशङ्का गरेको र थप अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।