गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको (श्री बिद्याभुषण पब्लिक स्कुलको) बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका–५ बस्ने १३ वर्षीय अनुप महरालाई शनिवार ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

nisarga

घाईते महरालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा सोही दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।