सत्यवती एकेडेमीमा १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु 

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपािलका वडा नम्बर- २ स्थीत अत्तरियामा रहको सत्यवती एकेडेमीमा १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ ।

पहिलो चरणको (कक्षा ८-१२) वार्षिकोत्सव तथा अभिभावक दिवसको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीले उद्घाटन गरेका हुन् ।

nisarga

सत्यवतीले बढी भन्दा बढी विद्यार्थीको प्रस्तुति राख्ने उदेश्यले छुट्टाछुट्टै चरणमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै आएको छ ।

२०६७ सालमा स्थापना भएकोे सत्यवती एकेडेमीमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।