
अत्तरिया – कैलाली क्षेत्र नम्बर– ४ का स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्टले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
भट्टले आज एक कार्यक्रमको आयोजना गरी गोदावरी- २ अत्तरियास्थित नमस्ते गल्लीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । बुवा पदमबहादुरले उनको सम्पर्क कार्यालयको उद्धघाटन गरेका हुन् ।

क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन पछि बोल्दै भट्टले भ्रष्टाचारको अन्त्य, शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार, पर्यटन प्रवृद्धन र धर्म संस्कृतिको जर्गेना आफ्नो मुख्य एजेन्डा भएको बताए ।
उनले क्षेत्रस्तरमा चुनावी गतिविधि थप सक्रिय बनाउने उदेश्यले आफूले सम्पर्क कार्यालय स्थापना गरेको बताएका छन् ।













