कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ९० मिलिग्रामसहितकैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश राना पक्राउ परेका हुन्।

nisarga

रानालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।