अछाममा भिम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

Image
maya metro

अछाम–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल पराजित भएका छन्।

उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पछि परेका हुन्।

nisarga

निर्वाचन आयोगका अनुसार स्वाँरले १०,७५९ मत प्राप्त गरे भने रावलले १०,२३३ मतमा सिमित भए।

यसरी पराजय भए पनि रावलले निकट प्रतिस्पर्धा देखाएका थिए।

उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउदले ७,३८९ मत पाउँदै तेस्रो स्थान प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १,७३९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाहले केवल १०२ मत प्राप्त गरेका छन्।