कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

Image
maya metro

धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडक त्रिशूली नदीमा आएको बाढीले कटान गरेको थियो । नदीले कटान गरेपछि सडक भासिएको प्रहरीले जनाएको छ ।

nisarga

“धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,” प्रहरीले भनेको छ ।

सडक भासिएसँगै सवारीसाधनलाई ‘सुरक्षित’ स्थानहरूमा रोकिएको छ ।