
अत्तरिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा पुनस्र्थापनाका लागि कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले आर्थिक सहयोग गरेको छ ।
भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ८४ हजार ८५६ रुपैयाँ जम्मा गरेको हो ।

विद्यालय प्रशासनका तर्फबाट १ लाख ११ हजार १११ र शिक्षक तथा कर्मचारीका तर्फबाट ७३ हजार ५०० रुपैयाँ जम्मा विद्यालयले बताएको छ ।
त्यस्तै विद्यार्थीहरुद्धारा संकलित ६४ हजार २४५ रुपैयाँ, विद्यालयकी छात्रा विभूती कडायतले आफ्नो दक्षिणामा प्राप्त रकम २५ हजार र छात्र विपिन कडायतले आफ्नो दक्षिणामा प्राप्त रकम ११ हजार गरी २ लाख ८४ हजार ८५६ रुपैयाँ जम्मा गरिएको विद्यालयले जनाएको छ ।
विपद्को घडीमा राज्यलाई सक्दो सहयोग गर्नु सबैको दायित्व भएको विद्यालयले जनाएको छ ।














