रसुवा बाढीपीडितका लागि जनकल्याण इङ्लिस स्कुलको ७७ हजार सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-२ अत्तरियामा रहेको जनकल्याण इङ्लिस स्कुलले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ ।

स्कुलले ७७ हजार ७७७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

nisarga

विद्यालयका संस्थापक यज्ञराज हमालले रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको बताएका छन् ।