आज विश्व प्राथमिक उपचार दिवस

Image
maya metro

विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ ।

विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।

nisarga

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बसाइँसराइ यात्रा सहज हुदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ ।’

यसैगरी बसाइँसराइ गर्नेहरुलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभै बसाइँसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुव्र्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।