डोटीमा पहिलो चरणमा २५ हजार स्कुले बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइँदै

Image
maya metro

डोटी – डोटीमा स्कुले बालबालिकाहरुलाई विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै छ । जिल्लाका ९ वटै पालिकाका ११ वर्ष माथि देखि १८ वर्ष मुनीका विद्यार्थीहरुलाई पुष १५ देखि मोडल खोप लगाउँन सुरु गरिएको हो ।

जिल्लाका सवै विद्यालयका ३३ हजार बालबालिका मध्य पहिलो चरणमा २५ हजार बालबालिकाहरुलाई खोप लगाइँदै छ । जिल्लामा ३३ हजार विद्यार्थीहरुको तथ्यांङ्क प्राप्त भए पनि जिल्ला स्वास्थ्य कार्यालयसँग २५ हजार डोज मात्र उपलब्ध भएका कारण पहलो चरणमा पुग्ने जतिलाई खोप लगाइँने र छुटेका अन्य बालबालिकालाई दोस्रो चरणमा लगाइँने जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन डिल्ली रमण जोशीले बताए ।

nisarga

शनिवार सम्म १० हजार डोज खोप लगाइएको जोशीले बताए । यो खोप फ्रिजबाट निकालेको एक महिना भित्र लगाइ सक्नु पर्ने हुन्छ । डोटीमा लगाइने खोपको म्याद २६ गते सम्म मात्र छ । यो अवधिमा उपलब्ध खोपहरु लगाइसक्नु पर्ने उनले बताए । उनका अनुसार जिल्लामा सोमबार सम्म उपलब्ध खोप लगाइसक्ने योजना रहेको छ ।

९५ प्रतिशत खोप केन्द्रहरु विद्यालयमा नै स्थापना गरिएको र केही खोप केन्द्र मात्रै अस्पताल तथा स्वास्थ्य चौकीमा स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।