
अत्तरिया – धनगढीस्थित ग्यालेक्सी मल्टिपल कलेजका विद्यार्थीहरुले प्रतिभा सामुदायिक पुस्तकालयको अवलोकन गरेका छन् ।
बीबीएस द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेजका उपप्राध्यापक प्रेमराज जोशीको नेतृत्वमा अत्तरियास्थित प्रतिभा पुस्तकालयको अवलोकन गरेका हुन् ।

सो क्रममा उनीहरुले पुस्तकालयमा रहेका विभिन्न पुस्तक तथा सुविधाहरुको बारेमा जानकारी हासिल गर्नुका साथै पुस्तकालयका अध्यक्ष भूपेश जोशीसंग अन्तरक्रिया गरेका हुन् ।
अध्यक्ष जोशीले पुस्तकालयले यस क्षेत्रको प्राज्ञिक केन्द्रको रुपमा भूमिका निर्वाह गरेको जानकारी दिंदै यसको व्यवस्थापनबारे जानकारी गराएका थिए ।















