नेपाली कांग्रेस क्षेत्र नम्बर-४ को अधिवेशनमा मतदान सुरु

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसको क्षेत्र नम्बर-४ को अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २:४० बजेदेखि मतदान सुरु भएको हो।

nisarga

जम्मा २१ जना चयन हुने अधिवेशनमा ४१ जना उम्मेदवार रहेका छन् ।

अधिवेशनमा ७२५ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

क्षेत्रीय सभापतिका लागि सुरत कार्की र विजय कुँवर गरि दुई जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

मतदानको समय बेलुकी ५ बजेसम्म तोकिएको निर्वाचन अधिकृत सुरेन्द्र जैसीले बताएका छन् ।