
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर–४ को अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः४० बजेदेखि मतदान सुरु भएको मतदान बेलुकी ६ बजे सम्पन्न भएको हो।

अधिवेशनमा ७२५ जना प्रतिनिधि मतदाता रहेकोमा ६८९ मत खसेको छ ।
चुनावको मतगणना अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयमा आजै हुने निर्वाचन समितिले जनाएको छ ।
जम्मा २१ जना चयन हुने अधिवेशनमा ४१ जना उम्मेदवार रहेका छन् ।















