कञ्चनपुरमा महिलामाथि जबरजस्ती करणी, आरोपी पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरी रहेका छन्।

nisarga

प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।