बझाङमा ३ किलो २६५ ग्राम चरेशसहित दुई जना पक्राउ

Image
फाईल फोटो
maya metro

बझाङ – बझाङमा ३ किलो २६५ ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बुंगल नगरपालिका–४ बिजगडा बजारस्थित ४३ वर्षीय जनक कार्कीको घरकोठामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको हो।

nisarga

जिल्ला प्रहरी कार्यालय बझाङसहितबाट खटिएको प्रहरी टोलीले जनक कार्की र सोही कारोबारमा संलग्न बुंगल नगरपालिका–६ निवासी ५७ वर्षीय जितबहादुर सिंहलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।