रामकुमारी झाँक्रीको ‘पिर्के सलामी’ भाइरल !

Image
maya metro

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्री आलोचित बनेकी छन्। गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि मन्त्री झाँक्री आलोचित बनेकी हुन्।

पदभन्दा बाहिर रहँदा अरूको चर्को आलोचना गर्ने झाँक्री आफू मन्त्रीमा पुगेपछि आफैँले पिर्के सलामी लिइन्। ‘कुरा होइन, काम गरेर देखाउँछु’ भन्ने चर्का भाषण गर्ने मन्त्री झाँक्रीले लिएको पिर्के सलामीको चौतर्फी आलोचना भइरहेको छ। गफ जति कडा गरे पनि र आदर्श छाँटे पनि व्यवहारमा परिवर्तन नभएपछि कुनै अर्थ नभएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

nisarga

साबिक नेकपा तथा एमाले विवादमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो विरोधमा उत्रिएकी झाँक्री एकीकृत समाजवादी पार्टी दर्ताको समयमा माधव नेपालको हात समातेर निर्वाचन आयोगमा लग्दै गर्दाको तस्वीर पनि भाइरल भएको थियो।