काँग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवार,सुदूरपश्चिममा नारायण मिश्र

Image
maya metro

काठमाडौँ – नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टी सभापति शेर बहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज सानेपामा बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।

nisarga

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी केन्द्रीय कार्य समितिको बैठकले माघ १२ गते हुने मतदानमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिन समेत आह्वान गरेको छ ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसको भागमा ६ सिट परेको थियो ।