‘रेलको बाटो’ नाममा चलचित्र बनाउदै जीबी चिरन

Image
maya metro

काठमाडौं – रेलको बाटो’ गीतलाई स्रोता–दर्शकले निक्कै मन पराए पछि अब सोही नाममा चलचित्र बन्ने भएको छ। मोडल तथा अभिनेता चिरञ्जीवी सापकोटा ( जीबी चिरन)ले फिल्म बनाउने तयारी गरेको बताएका छन्।
दुई–तीन दिनमै चलचित्रको नाम दर्ता गर्ने तयारी गरेको उनले बताए।

चार–पाँच जनाको टिम मिलेर चलचित्र बनाउन लागेको उनले सापकोटाले बताएका छन्। निर्देशकसहित कलाकारहरु केही दिनमा फाइनल गरिने उनले बताए। चलचित्रको मुख्य भूमिकामा जीबी चिरन देखिनेछन्। गत वर्ष सार्वजनिक ‘रेलको बाटो’ बोलको गीतले निक्कै प्रशंसा पाएको थियो। सोही गीतको नाममा बन्न लागेको चलचित्र कर्णालीकै कथा, व्यथामा केन्द्रित हुने जनाइएको छ।

nisarga