सुदुरपश्चिममा फेरी बढ्दै कोरोना, बुधबार ५५ जनामा संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ।

भारतमा कोरोनाको संक्रमण बढ्न थालेसंगै नेपाल फर्कनेको संख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको हो। बुधबार प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १२६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

nisarga

एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ र आरटी पीसीआर विधिबाट ९ गरी ५५ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । मंगलबारमात्रै ४० जना संक्रमित थपिएका थिए ।

यो संगै सुदूरपश्चिम प्रदेशभरि सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ ।