अत्तरियाको एक पसलमा ट्रक ठोक्कियो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको एक पसलमा ट्रक ठोक्किएको छ । ना ६ ख ४६१९ नम्बरको ट्रक अनियन्त्रित भएर नरेन्द्र भट्टले संचालन गरको महारुद्र इन्टरप्राइजेमा ठोक्किएको हो ।

महेन्द्रनगर रोडमा रहेको बिष्णु इन्टरप्राइजेज पेट्रोल पम्प नजिकै रोकिएको उक्त ट्रक एक्कासी पसल भित्र पसेको न्यू बिष्णु इन्टरप्राइजेज पेट्रोल पम्पका संचालक बलराम भट्टले बताए । इलाका प्रहरी मालाखेतीका डिएसपी नवराज सापकोटाले ट्रक चालक नरेन्द्र सिह धामी र साहु दिपेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको बताए ।

nisarga

पसलमा ट्रक ठोक्किएपछि पसलको अगाडीको भागमा क्षति पुगेको छ । रेडियन्ट ज्ञासको डिलर समेत राखिएको उक्त पसलमा ट्रक ठोक्किएपछि बाहिर राखेका ज्ञास सिलेण्डरमा पनि क्षति पुगको छ ।

 प्रहरीले घटनामा ट्रक र पसलमा क्षति पुगेको भएपनि मानविय क्षति भने नभएको जनाएको छ ।