
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६८ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनायल डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ३ सय २७ नमूनाको कोरोना परिक्षण गर्दा १ सय ८ र पीसीआर बिधिबाट ४१ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ४७ र बैतडीको नाका भएर स्वदेश फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो।सुदूरपश्चिममा बुधबार ५५ र मंगलबार ४० कोरोना संक्रमित थपिएका छन ।

भारतमा कोरोनाको संक्रमण बढ्न थालेसंगै नेपाल फर्कनेको संख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।















